ब्राजिलमा बुधबार एक विमान दुर्घटना भएको छ | दुई चालक दलका सदस्य र ५ यात्रु सहितको  विमान मौसम खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ | विमानमा ब्राजिलमा हुन लागेको रास्ट्रपति पदको निर्वाचनमा उमेद्वारी दिएका एडुआर्डो क्याम्पोस सवार थिए | दुर्घटनामा परि क्याम्पोसको निधन भएको छ | 

_76927793_f744da9f-935f-47d2-8c63-295a296c7d85

ब्राजिलका राष्ट्रपति डिलमा रोस्सेफले क्याम्पोसको निधनमा  तीन दिन राष्ट्रिय शोक घोषणा गर्दै कुनै पनि निर्वाचन प्रचारप्रसारका कार्यक्रम नगर्न निर्देशन दिएका छन् | क्याम्पोस पूर्व स्टेट गभर्नर समेत हुन् | क्याम्पोस  राजधानी रियो द जेनेरियो बाट साउ पाउलो बाहिर गौरुजा एरपोर्ट जाँदै गर्दा अचानक मौसममा खराबी आए पछि अनियन्त्रित भइ विमान बस्तीमा खसेको बताइएको छ |  गौरुजा एरपोर्टमा अवतरण हुनुपर्ने विमान सम्पर्क बिहिन भएको केहि बेरमा नै दुर्घटनामा परेको जानकारी पाएको विमानस्थल अधिकारीहरुले बताएका छन् | घटनामा परि ज्यान गुमाउनेमा एडुआर्डो क्याम्पोसका प्रेस सल्लाहकार , क्यामेरा पर्सन समेत थिए छन्  | 

_76927795_bb585521-8a15-4d50-92f6-8f6aedb2630b

विमान साओ पाउलो स्थिति एक वस्तीमा खसेको थियो | घटना स्थलमा उद्धारकर्मिहरुले विमानका भग्नावशेष छरिएका क्षेत्रमा क्षतिको निरिक्षण गरिरहेका छन् | (एजेन्सी)

Comments