मेलबर्न । अष्ट्रेलियाको डर्विन सहितको नर्दन टेरिटोरीमा बुधवार विहान शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समय अनुसार विहान ९ः४७ मिनेटमा गएको उक्त भूकम्प ६ दशमलव ९ म्याग्निच्यूटको रहेको यहाँको भूगर्भ मापन एजेन्सीलाई उधृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् ।

करिब ६३० किलोमिटर टाढा रहेको बान्दा सागर केन्द्रविन्दु रहेको भूकम्प १८० किलोमिटर गहिराईमा गएको बताइएको छ । डर्विन शहरमा भूकम्पको धक्का राम्रैसँग महसूस गरिएको स्थानीयहरुले बताए । भूकम्पपछि कुनै सुनामीको खतरा भने नरहेको बताइएको छ ।

इन्डोनेशियामा समेत महसूस गरिएको भूकम्पबाट कुनै क्षति भएको खबर पनि प्राप्त नभएको अष्ट्रेलियन समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments