मेलबर्न । अष्ट्रेलिया निवासी भीमसेन सापकोटालाई संयुक्त्त राष्ट्र संघ ’विश्व शान्ति परिषदले आफ्नो शान्ति राजदूतमा नियुक्त्त गरेको छ । अध्यात्मिक जगतमा आचार्य राजन शर्मा नामले चिनिने उहांलाई परिषदले सो जिम्मेवारी दिएको हो ।

परिषदले सापकोटलाई यस अघि आफ्नो शिखर सम्मेलनमा वक्त्ताको रुपमा ’चेक रिपब्लिकमा निम्त्याएको थियो । सापकोटाले शो शिखर सम्मलेनमा नेपाल र नेपाली अध्यात्मिक जगतको प्रतिनिधित्व गर्दै सम्वोधन गर्नुभउको थियो । सोही सम्मेलनले सापकोटालाई अष्ट्रेलिया तथा ओसिनिया क्षेत्रका देशहरू हेर्ने जिम्मेवारी सहित शान्ति दूत चयन गरेको हो । सम्मेलनमा १७० भन्दा बढि देशका राष्ट्र प्रमुख , सरकार प्रतिनिधि ,कुटनितिज्ञहरू रहेका थिए ।

सम्मेलनको वक्तव्य पश्चातको अर्को चरणमा सम्मेलनका सहभागिहरूलाई योग मार्फत ,शान्ति सकारात्मक कार्यक्रम गरेका थिए । सिन्धुपाल्चोक, बांसवारी जन्म घर भई अष्ट्रेलियामा बस्दै आउनुभएका सापकोटाले विश्वका विभिन्न शहरमा सकारात्मक सोचका कार्यक्रम ,योग ,ध्यान तथा ’आर्ट अफ ह्यापिनेस ’कार्यक्रम सन्चालन गर्दै आउनु भएको छ । उहाँ अष्ट्रेलियाको भिक्टोरिया विश्वविद्यालय, सिड्नी तथा अष्ट्रेलियन आइडियल कलेजको प्राध्यापक समेत हुनुहुन्छ ।

कुनै समय नेपाल टेलिभिजनमा कार्यरत सापकोटा अहिले पनि संचार क्षेत्रसँग समेत सम्वद्द हुनुहुन्छ । उहाँ नेपाल गणतान्त्रिक फिजि सांस्कृतिक दूत समेत हुनुहुन्छ । सम्मेलनमा सहभागी भई अष्ट्रेलिया फर्कनेक्रममा यहाँका सञ्चार माध्यमहरूसँग कुरा गर्दै सापकोटाले यो उपलब्धि व्यक्तिगत नभई नेपाल र अध्यात्मप्रेमिहरूको समेत रहेको बताउँनुभयो ।

संयुक्त्त राष्ट्रसंघको धारा २१ तथा जोहनेसबर्ग शिखर सम्मेलनले पारित गरेको सहशताब्दी विकास लक्ष्य अनुरुप विश्व शान्ति परिषदले विश्वको शान्ति प्रवद्र्धनलाई थप जिम्मेवारी र प्रोत्साहन दिन शान्ति दूत चयन गरि विश्वका विभिन्न देशमा आफ्नो कार्य सञ्चालन गर्ने गदृछ । सम्मेलनको अर्को शिखर सम्मेलन २०१९ मा अमेरिकाको , न्युयोर्कमा हुने भएको छ ।

चेक घोषणा पारीि गर्दै गत डिसेम्बर ४ मा सम्पन्न भएको सम्मेलनमा विश्वका विभिन्न मुलुकका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

twgg-advertise

Comments