हिमालयन कङ्गारु,मेलबर्न । अपरिचित समूहको कुटपिटबाट अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली विद्यार्थी सख्त घाइते भएका छन् ।

डिसेम्वर ७ बुधवार राति ११.१५ बजे काम सकेर कोठामा फर्कदै गरेका सन्दीपलाई मेलबर्नको सेन्ट एल्बान्सनमा दुई जना अपरिचित व्यक्तिले निर्घात कुटपिट गरेको पीडितले बताए । मरनासन्न हुने गरि कुटपिट गरेर आक्रमणकारी युवाहरुले सन्दिपको साथबाट वालेट,आइप्याड र मोबाइल फोन लगायतका महत्वपूर्ण सामाग्रीहरु लुटेर फरार भएका थिए । आक्रमणकारीको कुटपिटबाट वेहोश भएका सन्दीपलाई उनको सहकर्मी विनोद भण्डारी,द्धिजेश कोइराला र उनको परिवारले प्रहरीलाई खबर गरि तत्काल अस्पताल पुर्याइएको थियो । हाल उनी अस्पतालबाट डिस्चार्ज भैसकेका छन् । मेलबर्न प्रहरीले पनि सन्दिपले दिएको बयानको आधारमा अभियुक्तहरुको खोजी कार्य जारी राखेको बताइएको छ ।

आफूले अर्धवेहोशी अवस्थामा प्रहरीलाई के बयान दिएँ भन्ने प्रष्ट नभए पनि आफू असुरिक्षत महसूस हुन थालेको बताए । डर र तनावका कारण आफ्नो अध्ययनमा समेत बाधा परिरहेको उनको भनाइ छ । उनी एमआइटी युनिभर्सिटीमा अध्ययनरत छन् ।

नेपाली विद्यार्थीहरुमाथि लुटेरा समूहद्धारा भएको आक्रमणप्रति मेलबर्नका नेपाली समुदायहरुले गम्भीर चिन्ता र चासो व्यक्त गरिएको छ ।

समाजसेवी सम नेपालीले आफ्नो फेसबुक पेज मार्फत सन्दिपमाथि भएको घट्ना नेपाली समुदायका लागि चिन्ताको विषय भएको उल्लेख गरेका छन् । पछिल्लो समय फुट्सक्रे,टोटनह्याम,सनसाइन,सेन्ट एल्वन्स लगायतका क्षेत्रमा लुटपाटका घट्नामा वृद्धि भएको पाइएको भन्दै ती क्षेत्रका नेपालीहरुलाई विशेष सचेत र होशियार रहन अपिल गरिएको छ । ती क्षेत्रमा लुटेराहरु राति मात्र होइन दिनदहाडै समेत सक्रिय रहने गरेको प्रहरीमा उजुरी दर्ता भएको पाइएको उनले फेसबुक अपिलमा लेखेका छन् । साथै उनले घट्नाप्रति गम्भीर चासो दिन मेलबर्नका नेपाली समुदायलाई पनि आग्रह गरेका छन् ।

 

यता पीडितका आफन्तले आफूहरुले मेलबर्नस्थित नेपाली समुदायबाट खासै साथ र सहयोग नपाएको भन्दै गुनासो गरेका छन् । सन्दिपका अन्टी बाग्मीता न्यौपानेले नेपालीहरुलाई आपतविपद पर्दा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्न भनि मेलबर्नमा थुप्रै नेपाली संघ संस्थाहरु खोलिएका भए पनि विपत्तिमा मौन रहेको आक्रोश पोखिन् । सहयोगको कुरा त परै छोडौं नेपाली समुदायका सदस्यहरुबाट हामीले सहानुभूति सम्म पाएनौं,न्यौपानेले बताईन् ।

प्रहरीले पनि आफूहरुलाई उपेक्षा गरेको उनले सुनाईन् । उद्दारका लागि प्रहरीलाई खबर गर्दा आफूहरु व्यस्त रहेकोले समयमा आउन नसक्ने जवाफ दिएको बताईन् । नभन्दै फोन गरेको ३–४ घण्टापछि मात्र प्रहरी आइपुगेको न्यौपानेको दाबी छ । यसले गर्दा आफूहरु निकै दुखी भएको उनले बताइन् ।

खिमराज गौतम द्वारा प्राप्त Email मा आधारित ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

twgg-advertise

Comments