पार्टी भित्रको आन्तरिक विवाद मिलाउन एकीकृत नेकपा माओवादीको स्थाइ समितिको बैठक आज बस्दैछ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवस लाजिम्पाटमा दिउँसो २ बजे बैठक बस्न लागेको माओवादीले जनाएको छ । बैठकमा संविधानसभापछिको पार्टीको अवस्था र अवको कार्यदिशा कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित हुने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष दाहाल र नेता डा बाबुराम भट्टराईबीच देखिएको विवाद समाधान गर्ने प्रयासका लागि सहमति खोजिने भएको छ । भट्टराई पक्षले जिल्लामा समानान्तर  समिति कमिटि गठन रोक्ने र  सस्थापन पक्षले जिल्ला प्रशिक्षण रोक्ने सहमतिपछि अवको दिशा कसरी अघि बढाउने भन्ने विषयमा बैठकमा छलफल हुन लागेको हो ।

Comments