मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली प्रतिभाहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न अभिप्रेरित गर्ने उदेश्यले आयोजना गरिदै आएको मेलबर्न डबलीले पुनः निरन्तरता पाउँने भएको छ ।

विविध कारणले मेलबर्न डबलीको केही अंक स्थगित भएको थियो । सोलाङ्चर नेपालले हरेक महिनाको अन्तिम साता आयोजना गर्दै आएको मेलबर्न डबलीको चौथो अंक भने विशेष रहने भएको छ । किनभने यसपटकको मेलबर्न डबली नेपाली संगीत क्षेत्रका स्वर सम्राट नारायण गोपालप्रति समर्पित गर्दै उनकै समझनामा आयोजना गर्ने आयोजकले तयारी गरेको छ । नारायण गोपालको स्मृति दिवस मंसीर १९ अर्थात डिसेम्वर ४ मा पर्दछ । त्यसैको पूर्व सन्ध्या पारेर यसपटकको मेलबर्न डबली पनि डिसेम्वर ३ शनिवारका दिन आयोजना गरिदैछ ।

सिड्नी रोड कोबर्गमा रहेको विग बेली रेष्टुराँमा हुने मेलबर्न डबलीको यसपटकको अंकमा नारायण गोपालका सदाबहार गीतहरुको प्रस्तुति रहने बताइएको छ । त्यसैले यसपटकको डबली नारायण गोपालमय र संगीतमय रहने भएको छ ।

कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था छ भने खानाका पारखीहरुका लागि सशुल्क नेपाली परिकारहरु पनि उपलब्ध हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments