काठमाडौं । मन्त्रिपरिषद्को बैठक पेश गरिने संविधान संशोधनको मस्यौदा टुंगो नलागेपछि शुक्रबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठकले थप छलफल गर्नुपर्ने निर्णय गरेपछि मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो । संविधान संशोधन प्रस्ताव पेश गर्ने गरी शुक्रबार अपरान्ह ३ बजे मन्त्रिपषिदको बैठक बोलाइएको थियो ।

संशोधन प्रस्ताव दलहरुबीच सहमति जुट्न नसकेपछि नयाँ शिराबाट छलफल थालिएको स्रोतले बताएको थियो । संशोधन प्रस्ताव पेश गर्नकै लागि विहीबार नै बस्ने मन्त्रिपरिषदको नियमित बैठक समेत शुक्रबारका लागि सारिएको थियो । संशोधन प्रस्तावको नयाँ ड्राफ्ट बनाउनका लागि कानूनमन्त्री अजयशंकर नायक तथा अन्य मन्त्रीहरु लागिपरेका छन् ।

संविधान संशोधनकाबारेमा प्रधानमन्त्री प्रचण्डले पनि कानूनविदहरुसँग परामर्श जारी राख्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments