मेलबर्न । अष्ट्रेलियाका श्रमिक अभियान्तहरुले समयमा घर फर्क अभियान मनाउदै आएका छन् । विभिन्न कार्यालय र कम्पनीहरुमा कार्यरत कमचारी र श्रमिकहरुलाई कार्यालय समय सकिने वित्तिकै घर फर्कन अभिप्रेरित गर्ने उदेश्यले गो होम अन टाइम अर्थात समयमै घर फर्क अभियान शुरु गरिएको हो ।

अष्ट्रेलियामा प्रत्येक कर्मचारीले हप्तामा कम्तीमा चारदेखि साँढे चार घण्टा समय विना तलव कार्यालय वा ड्युटीमा विताउँने गरेको अध्ययन अनुसन्धानको प्रतिवेदनले जनाएको छ । त्यसैले मालिकका लागि निशुल्क रुपमा काम गरेर वित्ने उक्त समय बचाउन समयमै घर फर्कन अभियान्तहरुले कर्मचारीहरुलाई अपिल गरेका छन् । विना तलव त्यसरी खर्चिने समय मालिकहरुले गरेको चोरी बराबर हुने उनीहरुको दाबी छ । त्यसैले मालिकहरुलाई आफ्नो समय चोरी गर्न नदिन समयमै घर फर्कन सुझाव सहितको अभियान शुरु गरिएको एक अभियान्तले बताए । अष्ट्रेलियामा यो अभियानलाई राष्ट्रिय दिवसकै रुपमा मनाउदै आएको छ । यो दिवसमा तलवी समय सकिने वित्तिकै घर फर्कन अभिप्रेरित गर्ने गरिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

विशेष गरेर विहान कार्यालय समयभन्दा अगाडि आइपुगेर इमेलहरु चेक गने वा घरमा रहेको बेला पनि कार्यालयसँग सम्बन्धित फोनहरु गरेर बेतलबी समय खर्च हुने गरेको अभियान्तहरुको तर्क छ । यो समय जोडिदै जाँदा वर्षमा झण्डै १४ प्रतिशतसम्म पुग्ने प्रतिवेदनले जनाएको छ ।

यसरी अनपेड अर्थात बेतलवी समयबाट अष्ट्रेलियामा मालिकहरुले वार्षिक एक सय अर्व डलर बचत गर्ने गरेको अनुमान सहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

कार्यालयबाट समयमै घर फर्कने बानीले काम गर्ने जीवनशैलीलाई सन्तुलित बनाइराख्न मद्दत गर्ने द विजनेश काउन्सिल अफ अष्ट्रेलियाको ठम्याइ छ । यो मालिक र कामदार दुवैका लागि लाभदायक हुने बताइएको छ ।

Comments