काठमाडौं । विद्युत प्राधिकरणभित्रको अनियमिततालाई रोकेर राजधानीलाई लोडसेडिङमुक्त बनाएर सबैतिरबाट वाहवाही कमाउँनुभएका नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङले फेरि सुशासनको झल्को दिलाउँनुभएको छ ।

केही प्राविधिक कारणले सिस्टम कोल्याप्स भई सोमवार साँझ राजधानी लगायत मध्य क्षेत्रको विद्युत आपूर्ति बन्द भए लगत्तै घिसिङले यसबारेको तथ्य कुरा राख्दै उपभोक्तासँग माफी माग्दै सुशासनको झल्को दिलाएका हुन् । यसभन्दा अघि जतिखेर जुनसुकै कारण विद्युत आपूर्ति बन्द भए पनि प्राधिकरणलाई कुनै मतलव हुँदैन थियो ।

विद्युत आपूर्ति बन्द हुने वित्तिकै घिसिङले सामाजिक सञ्चाल मार्फत े सिस्टम कोल्याप्स भई विद्युत प्रसारण अवरुद्ध भएको जानकारी गराउँदै सिस्टम रिस्टोर हुन केही समय लाग्ने बताउँनुभएको थियो । घिसिङले ग्राहकहरुले भोग्नुपरेको असुविधाका लागि माफी समेत माग्नुभएको थियो ।

सोमबार साँझ पौने ६ बजेदेखि काठमाडौँ उपत्यका एक्कासी अन्धकार भएको थियो । तर साँझ ६ बजेर २० मिनेटमा काठमाडौँका अधिकांश भागमा विद्युत आपूर्ति सुचारु भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments