काठमाडौं । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफू मातहतका कर्मचारीको कामप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

परम्परागत कार्यशैलीप्रति असन्तुष्टि जनाउदै परिणामूखी बन्न स्वास्थ्यमन्त्री थापाले कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यप्रगतिको समीक्षामा मन्त्री थापाले समस्याहरु देखाउने तर जिम्मेवारी वहन नगर्ने प्रवृत्ति देखिएको भन्दै कर्मचारीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले परम्परागत कार्यशैलीवाट माथि उठ्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

स्वास्थ्यमन्त्री थापाले आफनो मन्त्रालयसँग आफू परिचित भैसकेको भन्दै अब तिब्र गतिमा काम अघि बढाउने बताउनुभयो । स्वास्थ्य क्षेत्रको सुधार र परिणामूखी कामका लागि आफू तयार रहेको भन्दै स्थानीयदेखि केन्द्रका कर्मचारीहरुलाई तयार रहन स्वास्थ्यमन्त्री थापाको आग्रह पनि गर्नुभयो । जोखिम भए पनि फरक तरिकाले काम गर्न र कानुनविपरित नजान उहाँले कर्मचारीलाई सचेत गराउनुभयो ।

उहाँले उपचारमूखी भन्दा पनि निरोगी नागरिक निर्माणप्रति लक्षित हुन सबै कर्मचारीलाई आग्रह गर्नुभयो ।

twgg-advertise

Comments