के तपाईलाई लागेको छ , केटाहरुले सबै भन्दा पहिले केटिहरु माथि नजर दौडाउदा के कुरामा  पहिलो ध्यान केन्द्रित गर्छन् ? यो चासो केटाहरुलाई भन्दा बढी केटिहरुलाई नै हुनु पर्छ  | यो थाहा पाउन धेरै गार्हो छैन तै पनि तपाईलाई अरु कुरामा शंका छ भने ढुक्क हुनुहोस् हामी तपाईलाई केटाहरुको पहिलो नजर के मा पर्छ भन्ने विषयमा छोटो मिठो जानकारी यहाँ पस्किदै छौं | यी तथ्य तपाइको जीवन दैनिकीमा कत्तिको मेल खान्छ त्यो पनि विचार गर्न नविर्सनुस नि | केटाहरुको पहिलो ९ नजर कहाँ पर्छन् त :-

१) मुस्कान

Smile

मुस्कान त जो कोहीलाई नै मन पर्ने कुरा हो | केटाहरुको पहिलो ध्यान केटीहरुको मुस्कानमा नै पर्छ | त्यसैले मुस्कान सहितको व्यवहार  कहिलै पनि नविर्सनु उचित हुन्छ |

२ ) आँखा

Eyes

भनिन्छ आत्म मिलनको पहिलो ढोका नजरमा नै हुन्छ | त्यसैले होला केटीहरुको  आँखामा  केटाहरुले पहिलो ध्यान केन्द्रित हुने विभिन्न अनुसन्धानले देखाएको छ |

३ ) कपाल

Hair

केटाहरु केटिको कापलमा समेत निकै चासो राख्छन् | स्वस्थ, सुन्दर चम्किलो कापल भएका केटीहरुमा केटाको नजर आकर्षित हुन्छ | प्राकृतिक र नरम अनि बासनादार कापलमा त झन् केटा मोहित हुने गरेको सर्वेक्षणले देखाएको छ |

४) तौल 

Weight

हुनत मन पराउनु र नपराउनुमा शारीरिक तौलको कुरा कहाँ बाट आउँछ भन्ने लाग्ला तर पुरुष यानी कि केटाहरु केटीहरुको शारीरिक तौलको पनि ख्याल गर्छन् है | सकेसम्म स्लिम सेपका केटीहरुमा केटाहरुको नजर कुद्ने गर्छ |

५) छाती

Freshness natural beauty of young woman

धेरैको सोच होला पुरुषले पहिलो पटक महिला लाई देख्ने बित्तिकै छातीमा नजर पुर्याउछ | तर यो शत प्रतिशत सत्य भने होइन | केटीहरुले सोचे भन्दा यो बिषयमा  पुरुषको सोच भने अलग हुन्छ | पुरुषले पहिले महिलाको मुस्कान अनि आँखामा ध्यान दिन्छन् अनि मात्रै शारीरिक आकर्षणको अर्को केन्द्र छातीमा नजर पुर्याएका हुन्छन् | स्तन महिलाको लैंगिक परिचय र सन्तानप्राप्तिको अनिवार्यता हो, अवश्य नै पुरुषको ध्यान यसमा केन्द्रित हुने गर्छ तर प्राथमिकताका आधारमा यो पहिलो आकर्षणको केन्द्र भने पक्कै होइन |

६) शृंगार

Portrait of a beautiful attractive woman with make-up

केटाहरु केटीहरुको प्राकृतिक स्वरूपमा नै मुग्ध हुने गर्छन् , किन भने यो प्राकृतिक नियम नै हो | तर पनि आधुनिकताको प्रभाव संगै सोह्र सृंगारमा सजिने महिला एबं केटाहरु झुक्किने डरमा प्राय केटीहरुका झुटा सिंगारपेटरबाट टाढा हुन खोज्छन् | नक्कली कपाल, बनावटी नङ, आँखी भौं, परेलाको रहर गर्ने केटीहरु केटाको नजरमा आकर्षणको केन्द्र बन्न अलि गाह्रो पर्छ |

७) खुट्टा

Woman wearing red high heel shoes in city

प्राय केटाहरु अग्ला र सग्ला खुट्टा भएका केटीहरु मन पराउने हुन्छन् |त्यसैले केटाहरुको नजर केटीको खुट्टामा पनि पर्ने गर्छ |

८) छाला

Portrait of beautiful blond woman relaxing in sofa

छालाको रङ्ग उज्ज्वल भएको केटिहरु केटाको नजरमा घुमिरहन्छन् | स्वस्थ र चम्किलो छाला भएका केटीहरूमा पुरुषको ध्यान आकर्षण हुने गर्दछ |

९) पहिरन

Shopping woman walking outside in New York City

व्यक्तित्वका निम्ति पहिरन उत्तिकै महत्वपूर्ण हुन्छ हिजो आज | केटीहरुको व्यक्तित्व झल्किने पहिरन प्रति समेत केटाहरुको नजर दौडिएको हुन्छ | सुन्दर र चट्ट मिलेको पहिरनमा सजिएका केटीहरु केटाहरुको नजरमा पर्दछन् | बजारको फेसन अनुसारको पहिरनमा केटीहरु सजिएको केटाहरु पनि रुचाउने गर्छन् | तर केटीहरुले आफ्नो शरीर सुहाउँदो रङ्ग र आकारका पहिरनमा भने पक्कै ध्यान पुर्याउने गर्नुपर्छ |

Comments