मेलबर्न । भिक्टोरिया प्रहरीले अष्ट्रेलियाको मेलबर्नमा बच्चा सहित चोरि गरिएको कार फेला पारेको छ ।

मंगलवार अपरान्ह मेलबर्नको कोबर्गमा उक्त कार प्रहरीले फेला पारेको हो । कार चोर भने फरार रहेका छन् । पछाडि सिटमा सुतिरहेको बच्चा सहितको कार चोरि भएपछि प्रहरीले खोजी अभियान तीव्र बनाएको थियो । स्कूलको पार्किङ क्षेत्रमा पार्क गरिराखेको उक्त कारको पछाडि सिटमा ६ महिनाकी बालिका निदाइरहेकी थिइन् । कार पार्क गरेर बालिकाकी आमा बाहिर साथीसँग उभिएरै कुरा गरिरहेको समयमा दुई जना व्यक्तिले अपहरणको शैलीमा कार चोरेर लगेका थिए । रोज स्ट्रीटमा यो घट्ना भएको हो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

कार चोर्ने व्यक्ति अन्दाजी ३० वर्षको रहेको प्रहरीले जनाएको छ ।

कार चोरि गरेको देख्नै वित्तिकै बच्चाकी आमाको साथीले कार रोक्ने प्रयास गरेपनि असफल भएका थिए । करिब ४०० मिटरसम्म कारमै झुण्डिएर गएकी उनलाई कारबाट खसाइदिएका थिए । तर उनलाई कुनै गम्भीर चोट भने नलागेको बताइएको छ ।

केही समयपछि प्रहरीले कारलाई हेग स्ट्रीटमा लावारिस अवस्थामा फेला पारेको थियो । कारमा सुतिरहेकी बच्ची पनि सुरक्षित रहेको बताइएको छ । कार चोरिमा संलग्न व्यक्तिहरु युरोपियन अनुहारका भएको भिक्टोरियन प्रहरीले जनाएको छ । उनीहरुको अहिले खोजि कार्य जारी रहेको बताइएको छ ।

coburg-carjack-2

Photo Source : Victorian Police

Comments