काठमाडौं । सरकारले मिर्गौला प्रत्यारोपणमा सहुलियत रकम बढाउने तयारी गरेको छ ।

मिर्गौला रोगीको संख्या वर्षेनी बढ्दै गएपछि सरकारले प्रत्यारोपणमा सहुलियत रकम बढाउने तयारी गरेको हो। मिर्गौला प्रत्यारोपणका लागि सरकारले अहिले दुई लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।अब बढाएर तीनदेखि साढे तीन लाख र्पुयाउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सरकारले नेपाली नागरिकता लिएका र गाविसले सिफारिस गरेका मिर्गौला रोगीलाई दुई लाख रुपैयाँ दिँदै आएको छ भने दुईपटकसम्मको डायलासिस सेवा निशुल्क दिँदै आएको छ ।

तर कतिपय बिरामीको दुईपटक भन्दा बढी डायलासिस गर्नु पर्ने भएकाले एकै चोटी प्रत्यारोपण गरुन भन्ने उद्देश्यले रकम बढाउन लागिएको बताइएको छ । डायलासिस गर्दा भन्दा प्रत्यारोपण गर्दा बिरामीको आयु लम्बाउन सकिने भएकाले सरकारले यो तयारी गरेको हो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

नेपालमा अहिले साढे तीन लाखमा मिर्गौला प्रत्यारोपण हुने भएकाले सरकारले दिने तयारी गरेको सेवा सुविधाले बिरामीलाई फाइदा मिल्ने मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक पुकारचन्द्र श्रेष्ठले बताउनुभयो । केही निजी अस्पतालमा प्रत्यारोपण महंगो पर्न गएपनि केन्द्रमा तीनदेखि साढे तीन लाखसम्ममा प्रत्यारोपण हुने उहाँले जानकारी दिनुभयो ।

नेपालमा उपचार सेवा सस्तो भएकाले भारतबाट पनि बिरामी मिर्गौला प्रत्यारोपण गर्न नेपाल आउने गरेका छन् । सरकारले क्यान्सर र मुटु सम्बन्धी रोगका लागि एक लाख रुपैयाँ र मिर्गौला प्रत्यारोपणका लागि अहिले दुई लाख रुपैयाँ दिँदै आएको छ ।

Comments