काठमाडौं । यसै त मुलुकको एक मात्र केन्द्रीय रंगशाला दरशथ रंगशालाकै अवस्था अहिले विजोगको छ । वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको रंगशालाको पुननिर्माण अहिलेसम्म हुन सकेको छैन । त्यसमा पनि सवैको ध्यान रंगशालाको प्याराफिट,बाहिरी बनावट र भूभागमा मात्र गईरहेको देखिन्छ, । अझै यही रंगशालामा सयौं खेलाडीहरुले आफ्नो खेल प्रदर्शन सुधार्न दैनिक अभ्यास गर्ने गर्छन् । तर देशकै केन्द्रीय रंगशालामा समेत व्यवस्थित शौचालय नहुँदा खेलाडीहरुले निकै अप्ठ्यारो भोग्न परिरहेको छ ।

भनिन्छ, कुनै पनि घरको अवस्था र ती घरका मान्छेहरुको ब्यहोरा त्यस घरको शौचालयबाट झल्किन्छ । यो भनाई अहिले नेपालको एक मात्र अन्तराष्ट्रिय रंगशाला दशरथ रगशालाको सवालमा पनि मेल खाएको छ । दशरथ रगशालाको स्थिति अहिले कति नाजुक छ भन्ने कुरा त्यहाँ प्रयोगमा रहेको शौचालयको अवस्थाबाट पनि थाहा पाउन सकिन्छ । अनि यो शौचालयले राष्ट्रिय खेलकुद परिषद र सरकारको खेलकुद मन्त्रालय सहितका निकायहरु रंगशालाको पुननिर्माणका लागि कति उदासीन छन् भन्ने दर्शाउँछ ।

शौचालय भित्र केहि प्यान, धारा वा बेसिन देखिन्छन् तर प्रयोग गर्न नमिल्ने । शौचालयमा धारा छ तर पानी छैन । ढल निकासको समस्या उस्तै देखिन्छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseकतिसम्म भने रंगशालाभित्र यस्ता धेरै शौचालय छन्,जहा ढोकाहरुनै छैनन । भएका ढोकामा चुकुलसम्म छैन । तर एउटै मात्र रंगशाला भएकोले जस्तोसुकै अस्तव्यस्त भए पनि यही आएर अभ्यास गर्न बाध्यछन् खेलाडीहरु । रंगशालाको शौचालयले गर्दा कहिले काहि आफनो प्रर्दशन वा ट्रेनिङको समयमा निकै गाह्रो पर्ने गरेको नमिठो अनुभव यसरी सुनाउछन् खेलाडीहरु ।

अहिले रंगशाला मात्र होइन नेपालकै पुननिर्माणको ठूला र चर्का कुराहरु हुने गरेका छन् । तर मुलुकको अन्तराष्ट्रिय रंगशालाभित्रको शौचालय समेत व्यवस्थित गर्न नसक्ने सरोकारवालाहरुप्रति खेलाडि र प्रशिक्षकहरुको ठूलो गुनासो छ ।

हेर्दा सानो कुरा तर व्यवहारमा ठूलो कुरा हो रंगशालाभित्रको शौचालयको सन्दर्भ । किनकि खेलाडिहरुले खेलको अभ्यास त खुल्ला चउर वा देखिने ठाउँ जता पनि गर्न सकिएला । तर गोपनीयता र सुरक्षित हुनुपर्ने शौचालयको अभावमा उनीहरुले भोग्नुपर्ने मानसिक र शारीरिक यातनाले समग्रमा उनीहरुको खेलको प्रदर्शन र स्तरमा समेत प्रभाव पार्नसक्छ । त्यर्सैले यो कुरालाई बेलैमा मनन गर्न नसके त्यसको दीर्घकालीन असर नेपालको खेल क्षेत्रमै देखिनेमा दुई मत छैन ।

Comments