काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ ।

भारतको गोवामा जारी बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र र सरकार प्रमुखको बैठक एवम् ‘ब्रिक्स विमस्टेक आउटरिच सम्मेलन’को दौरानमा उहाँहरु भेटवार्ता भएको हो ।
सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री दाहालले अहिले साइडलाइन भेटवार्ता गनुभएको हो । चिनियाँ राष्ट्रपतिसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि सीलाई विशेष अनुरोध गर्नुभएको थियो । चिनियाँ राष्ट्रपतिसँगको भेटमा पूर्वाधार, व्यापार, पारवहन र विकास लगायतका विषयमा छलफल भयो । यस्तै दुई देशबीचको सुमधुर सम्बन्ध कसरी सुदृढ बनाउने भन्ने विषयमा समेत प्रधानमन्त्री दाहाल र जिनपिङबीच छलफल भएको थियो ।

दाहालसँगको भेटवार्ताअघि चिनियाँ राष्ट्रपति सीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गरेका थिए ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just ClickHere.

twggप्रधानमन्त्री दाहालले भुटानी समकक्षी छिरिङ तोग्बेसँग पनि भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आइतवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम छ । आइतवार नै प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र र सरकार प्रमुखको बैठक एवम् ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ ।

सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार भारतको नयाँ दिल्ली हुँदै गोवा पुग्नुभएको हो । प्रधानमन्त्री दाहालले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा र ब्राजिलका राष्ट्रपति मिसेल टेमर समेत द्विपक्षीय भेटघाट हुने बताइएको छ ।

Comments