मेलबर्न । अष्ट्रेलियामा अध्ययन गर्न चाहने धेरैजना अभेल आइएल्ट्स दिन छाडेर पीटीईतर्फ लागेका छन् । त्यसैले धेरैको मनमा प्रश्न उब्जेको छ–के यो परीक्षा आइएल्ट्सभन्दा सजिलो हुने हो र ?

विज्ञहरु भन्छन्– पीटीइलाई आइएल्ट्सभन्दा सजिलो नै छ भन्न त मिल्दैन । तर सत्य चाहिं के हो भने आइएल्ट्समा कहिले पनि चाहिने स्कोर ल्याउन नसकेकाहरुले पनि पीटीईबाट भने चाहिने स्कोर ल्याएको उदाहरणहरु छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-ausत्यसो त आइएल्ट्समा चाहिने स्कोर ल्याउन नसकेर पीटीईतर्फ लागेकाहरूले पीटीईमा पनि असफलता पाएका उदाहरणहरू पनि प्रशस्तै छन् । त्यसैले सजिलो गाह्रो भन्दा कहिले पनि पीटीई नदिएकाहरुले एकपटक यसमा पनि कोशिस गरी हेर्नु राम्रै हुन्छ । किनभने कसै कसैलाई पीटीईको फर्म्याट सजिलो लाग्नेहुन्छ ।

यसैबीच पीटीईलाई छिट्टै नै इमिग्रेशनले मान्यता दिन छाड्दैछ रे भन्ने हल्ला छ पनि चलेको सुनिन्छ । तर त्यसबारेमा अहिलेसम्म आधिकारिक निकायबाट केही पनि तथ्य कुरा बाहिर आइसकेको छैन ।

Comments