काठमाडौं । बडा दशैं अन्तर्गत नवरात्रीको चौथो दिन मंगलबार कुष्माण्डादेवीको पूजा गरिदै छ । पूजाका लागि देशभरका देवी मन्दिरहरुमा विहानैदेखि श्रद्धालुको घुईंचो लागेको छ । रोल

काठमाण्डौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।

घटस्थापनादेखि दशैंको टीकाको नौं दिनसम्म हरेक दिन छुट्टा छुट्टै देवीका स्वरुपको पूजा गरिने भएकाले दशैंलाई नवरात्री पनि भन्ने गरिन्छ । दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक विश्वास छ ।

प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलीपुत्री, ब्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले पनि दशैं चाड दुर्गा पूजाको नामले समेत प्रचलित छ ।

Comments