काठमाडौं । नेपालका लागि भारतीय राजदुत रन्जित रेले नेपाल र भारतबीचको सम्बन्ध आर्थिक र विकासको दृष्टिकोणले महत्वपूर्ण रहेको बताउँनुभएको छ । तर दुई छिमेकी मुलुकबीचको सम्बन्धलाई राजनीतिक चश्माले मात्र हेर्ने प्रबृत्तिले सम्बन्धमा समस्या आउने गरेको उहाँको दाबी छ ।

बुधवार भारतीय राजदुतावास र एशियन इस्ट्रिच्यूट अफ डेभलमेण्टको आयोजनामा आयोजित कार्यक्रममा भारतीय राजदुत रन्जित रेले नेपालमा भारतीय लगानीको लागि आवश्यक वातावरण अझै निर्माण हुन नसकेको बताउँनुभयोे । जलबिद्युत क्षेत्रबाट नेपाल र भारतबीचको ब्यापार घाटा कम हुन सक्ने अवस्था रहेको उहाँको कथन थियो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-addकार्यक्रममा नेपाल र भारतका उद्यमी तथा ब्यवसायीहरुले पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भमणबाट दुई मुलुकबीचको राजनीतिक सम्बन्धमा बढेको बिश्वासको वातावरणलाई आर्थिक तथा विकासमा केन्द्रित गर्नुपर्ने बताए ।

बाणिज्य तथा आपूर्ति मन्त्री रोमी गौचन थकालीले दुई देश बीचको सम्बन्धलाई आर्थिक तथा ब्यवसायिक क्षेत्रमा बलियो बनाउन दुवै देशको नीजि क्षेत्रको सकृयता रहेको बताउँनुभयो । उहाँले प्रधानमन्त्रीको भ्रमणबाट लगानीको वातावरण निर्माण भएको दाबी गर्नुभयो ।

Comments