एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले कहिले काँही सबस्टिच्युड हुँदा त्यसलाई स्वीकार गर्नुपर्ने बताएका छन् ।

रोनाल्डोलाई ला लिगा अन्तर्गत शनिबार राति भएको लास पालमससँगको खेलमा १८ मिनेट बाँकी हुँदा सबस्टिच्युडमा राखिएको थियो । प्रशिक्षक जिदानको यो निर्णयमा रोनाल्डो निराश देखिन्थे । यो खेलमा रियल मड्रिड २–२ को बराबरीमा रोकियो ।

‘मलाई थाहा छ, उनी जहिले पनि खेल्न चाहन्छन्, मैदानमै रहन चाहन्छन् ।’ प्रशिक्षक जिदानले भने ‘तर मैले पनि खेलाडीका बारेमा सोच्नुपर्छ । मेरा लागि रोनाल्डोलाई केही समय आराम दिएर मंगलबार रातिको च्याम्पियन्स लिगका लागि सोच्ने समय दिनु उपयुक्त लाग्यो ।’

twgg-advertiseच्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडले मंगलबार राति च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बोरुसिया डर्टमुण्डसँग खेल्ने छ । रोनाल्डोले लास पालमससँगको खेलमा केही मौका गुमाएका थिए ।

तीन पटकका विश्व वर्षखेलाडी रोनाल्डो रियल मड्रिडको सात वर्षको करिअरमा अहिलेसम्म निकै कम मात्रै सबस्टिच्युड भएका छन् । तर गएको जनवरीमा प्रशिक्षकको जिम्मेवारी लिएका जिदानले फेरि पनि उनी सबस्टिच्युड हुन सक्ने चेतावनी दिएका छन् ।

Comments