पाल्पा । गुल्मीको सदरमुकाम तम्घासबाट बुटवल तर्फ आउँदै गरेको जीप पाल्पामा दुर्घटनाग्रस्त हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

शुक्रबार साँझ तानसेन बुटवल खण्डको चर्चरे भन्ने स्थानमा उक्त जीप दुर्घटनामा परेको पाल्पाबाट प्राप्त समाचारमा जनाइएको छ ।   बा १४ च ९३६४ नम्बरको स्कार्पियो जीप दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका तम्घासका निर्माण व्यवसायी रामप्रसाद पन्थ र सोही स्थानका ४७ वर्षीय प्राध्यापक कृष्ण भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia.Just Click Here.

twggउक्त जिपका चालक देवीराम पन्थी घाईते भएका प्रहरीले जनाएको छ।   उनको लुम्विनी मेडिकल कलेज तानसेनमा उपचार हुन नसकेपछि काठमाडौ पठाइएको छ ।

चालक पन्थी जिल्ला विकास समिती गुल्मीका अवकाश प्राप्त पुराना र अनुभवी चालक हुन्। जिप सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

Comments