मेलबर्न । नेपाली चलचित्र क्षेत्रका यतिखेरका स्टार अभिनेता दयाहाङ राईलाई अष्ट्रेलियाको मेलबर्नस्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा स्वागत र सम्मानित गरिएको छ । अभिनेता राईले मंगलवार महावाणिज्यदूतको कार्यालयको भ्रमण गरेका थिए ।

सो अवसरमा राईसँग नेपाली चलचित्र क्षेत्रको अहिलेको अवस्था,सम्भावना र चुनौति सहित उनको फिल्मी यात्राका बारेमा अन्तत्र्रिmया समेत गरियो । यस्तै अभिनेता राईले प्रवासी नेपालीहरुले नेपाली चलचित्र क्षेत्रका लागि पुर्याउँदै आएको योगदानका बारेमा समेत चर्चा गरेका थिए ।
अभिनेता राई उनको नयाँ चलचित्र वीरविक्रमको प्रदर्शनको क्रममा अष्ट्रेलिया भ्रमणमा रहेका छन् । स्टार कलाकार भएर पनि उनले देखाएको विनम्रता र इमान्दारीताप्रति कन्सुलेट कार्यालयमा उपस्थित सबैजना प्रभावित बनेका थिए । माननीय कन्सुलेट जनरल चन्द्र योञ्जनले आफूले पनि अभिनेता राईका चलचित्रहरु निकै सुरुचीपूर्वक हेर्ने गरेको बताए । त्यस अवसरमा योञ्जनले राईको उज्ज्वल भविष्यको कामना समेत गरे ।

अभिनेता राईको सम्मानमा कन्सुलेट कार्यालयको तर्फबाट सल ओडाइएको थियो । राई जस्तो अभिनेतालाई स्वागत गर्न पाउँदा आफू निकै खुशी रहेको योञ्जनले बताए ।

सो अवसरमा वीरविक्रमलाई मेलबर्नमा प्रदर्शनको व्यवस्था मिलाएकोमा आयोजक एस इभेन्टस्का सुनोद श्रेष्ठलाई पनि योञ्जनले धन्यवाद दिए ।

Comments