आज स्थानिय बजारमा सुनको भाउमा ५ सय ५० रुपैँयाले वृद्धि भएको छ ।

छापावाल सुन आज पाँच सय पचास रुपैयाँले बढेर प्रतितोला ५५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि पाँच सय पचासले नै बढेर प्रतितोला ५५ हजार पचास रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

त्यसैगरी चाँदि भने आज ५ रुपैयाँले बढेर ८ सय २५ रुपैयाँमा कोरोबार भईरहेको शाक्यले बताउनुभयो ।

Comments