काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहीवार व्यवस्थापिका संसद्मार्पmत् अतिमहत्वकांक्षी योजनासहितको सम्वोधन गरेका छन् ।

एकप्रकारले सरकारको नीति तथा कार्यक्रमजस्तो गरी प्रस्तुत भएका दाहालले करिव एक घण्टा लामो सम्बोधनमा ४८ ओटा बुँदामा प्रशस्त प्रतिवद्धताहरु गरेका छन् । धेरै नै महत्वकांक्षी घोषणा गरेका छन् । सरकारको नीति तथा कार्यक्रम जस्तो झल्को दिएर दाहालले गरेका घोषणाको मुख्य बुँदा यस्ता छन् :

घोषणा नम्बर १, भूकम्प पीडितलाई ३ लाख अनुदान र आठ लाखसम्म सहयोग

घोषणा नम्बर २, मिसावट, मूल्यवृद्धि, कालोबजारी, अभाव र ठगीविरुद्धको कदम

घोषणा नम्बर ३, चाडमा सहुलियत पसल

घोषणा नम्बर ४, खानीहरुको उत्खनन गरिने

घोषणा नम्बर ५, सडक दुर्घटना कम गर्न सुरक्षा सम्बन्धी एकीकृत कानुन ल्याइने

घोषणा नम्बर ६, छ महिना भित्र ठूला सहरमा एक सय ठूला बस

घोषणा नम्बर ७, छ महिनाभित्र ट्याक्सी कम्युष्टर विल प्रणालीमा

घोषणा नम्बर ८, महेन्द्रनगर दोधारा चाँदनी जोड्ने पुलको

घोषणा नम्बर ९, कृषि क्षेत्रमा पेन्सन कार्यक्रमका लागि कोष

घोषणा नम्बर १०,कृषि विमा प्रिमियमको ७५ प्रतिशत अनुदान

घोषणा नम्बर ११, सातै प्रदेशमा कम्तीमा एकएक विश्वविद्यालय

घोषणा नम्बर १२, सातै प्रदेशमा एकएक मेडिकल कलेज

घोषणा नम्बर १३, विदेशका अस्पतालमा अलपत्रहरुलाई स्वदेश फर्काउने अभियान

घोषणा नम्बर १४, विमानस्थलमा एड्भान्स प्यासेन्जर इन्फर्मेशसन सिस्टम

घोषणा नम्बर १५, पाँच मुलुकसँग श्रम सम्झातको पहल

घोषणा नम्बर १६, विदेशमा मृत्यु हुनेको विमा ७ लाख र प्रक्रिया सहज

घोषणा नम्बर १७, नलसिङगाड, माथिल्लो अरुण र दूधकोशीको डीपीआर

घोषणा नम्बर १८, जनताको लगानीमा, जनतालाई विद्युत अभियान

घोषणा नम्बर १९, विपन्न वर्गलाई छात्रवृत्ति

घोषणा नम्बर २०, गरिव लक्षित जडीबुटी खेती

घोषणा नम्बर २१, सातै प्रदेश प्रधानमन्त्री आवास योजना

घोषणा नम्बर २२, सातै प्रदेशमा एक एक अपांग पुनस्थापना केन्द्र

घोषणा नम्बर २३, नेपालको आफ्नै भूउपग्रह

घोषणा नम्बर २४, १० युवा, एक उद्यम अभियान

घोषणा नम्बर २५, सातै प्रदेशमा वहुतले एकीकृत सरकारी भवन

घोषणा नम्बर २६, नापी, मालपोत, जिल्ला प्रशासन र वैदेशिक रोजगार विभागमा टोकन प्रणाली

घोषणा नम्बर २७, राष्ट्रिय गौरवका आयोजनाहरुको नियमित अनुगमन

घोषणा नम्बर २८, वायु सेवा निगममा जहाज थपिने

घोषणा नम्बर २९, पोखरा क्षेत्रीय विमानस्थल निर्माणको प्रारम्भ

घोषणा नम्बर ३०, सार्वजनिक निजी साझेदारीमा सातै प्रदेशमा उद्योगको स्थापना

घोषणा नम्बर ३१, सिमरामा तयारी पोशाक प्रशोधन केन्द्रको स्थापना

घोषणा नम्बर ३२, प्रधानमन्त्री उपत्यका सुधार कार्ययोजना लागू गरिने

घोषणा नम्बर ३३, सीतापाइला नौविसे सुरुङमार्गको निर्माण यस बर्ष सुरु गरिने ।

घोषणा नम्बर ३४, उपत्यका भित्र स्याटेलाइट सिटी निर्माण सुरु गरिने

घोषणा नम्बर ३५, पूर्वपश्चिम विद्युतीय रेलको विस्तृत परियोजना प्रतिवेदन पूरा गरिने

घोषणा नम्बर ३५, नमुनाको रुपमा सय वटा स्मार्ट भिलेज स्थापना गरिने

घोषणा नम्बर ३६, हुलाकी मार्गमा १० व्यवस्थित सहर विकास गरिने

केही पुरानै कार्यक्रमको निरन्तरता र केही नयाँ कार्यक्रम समेटेर प्रधानमन्त्री दाहालले संसद्मा नीति तथा कार्यक्रमकै शैलीमा निकै महत्वकांक्षी घोषणाहरु गरे । जसप्रति प्रतिपक्षी दल एमालेका नेताहरुले टिप्पणी गर्दै प्रधानमन्त्रीको सम्वोधन र शैली गलत भएको प्रतिक्रिया दिएको छ ।

Comments