काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ शक्ति नेपालमा आबद्ध १६ आङ्गिक सङ्गठनका प्रतिनिधिले आज ज्ञापनपत्र बुझाएका छन् ।

समृद्ध महिला सङ्गठन नेपालका संयोजक कल्पना धमलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितलाई तत्काल पुनःस्थापना, महँगी नियन्त्रण, बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै सो ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा नयाँ संविधानमा उल्लेखित शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुतालगायतका मौलिक हकका विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने उल्लेख छ ।

Comments