व्यवस्थापिका–संसदको  आजको बैठकमा गृहमन्त्री बामदेव गौतमले नेपालगन्जमा भएको सामुहिक बलात्कार र धादिङका ‘चरी’ भनिने दिनेश अधिकारीको मृत्युका विषयमा सदनमा जानकारी गराउनु हुने भएको छ ।

गैतमले नेपालगञ्जका किशोरीमाथि भएको सामूहिक बलात्कार र कारवाहीका लागि भइरहेको पहल  र  राजधानी नजिक भीमढङ्गामा धादिङका ‘चरी’ भनिने दिनेश अधिकारीको मृत्युका सम्बन्धमा सदनलाई जानकारी गराउनुहुने भएको हो । संसद बैठक दिउँसो १ बजे संविधानसभा भवन नयाँवानेश्वरमा बस्ने भएको छ ।

हिजो सभामुख सुवासचन्द्र नेम्वाङले घटनाका विषयमा सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको थियो । व्यवस्थापिका–संसद्कोे बैठकमा सभामुखसँग समय लिएर  सभासदहरुले दुवै घटनाका सम्बन्धमा सरकारले सत्यतथ्य सदनसमक्ष प्रस्तुत गर्नुपर्ने माग गरेपछि सभामुखले यस्तो निर्देशन दिनुभएको हो ।

यसैबीच आज बस्ने बैठकमा विभिन्न विधेयकहरुमाथि छलफल हुनेछ । हिजोकोबैठकले उपप्रधानमन्त्री वामदेव गौतमले प्रस्तुत गरेको ‘सामाजिक व्यवहार सुधार विधेयक, २०७१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

Comments