मेलबर्न । अष्ट्रेलियाको समुद्री किनारामा डायनासोरको विशाल फुटप्रिन्ट फेला परेको छ ।

समुद्री किनारामा अवशेषहरु संकलन गर्दै हिडेकी एक अष्ट्रेलियन महिलाले लोप भैसकेको भीमकाय शरीरयुक्त डायनासोरका फुटप्रिन्टहरु पत्ता लगाएकी हुन् । बिन्दी ली नाम गरेकी ३७ वर्षीया महिलाले पश्चिम अष्ट्रेलिया ब्रुम शहरको प्रसिद्ध पर्यटकीयस्थल केवल समुद्री तटमा ती फुटप्रिन्टहरु पत्ता लगाएको अष्ट्रेलियन समाचार संस्थाहरुले जनाएका छन् ।

उक्त डायनासोरको फुटप्रिन्ट १३० मिलियन वर्ष पूरानो भएको विश्वास गरिएको छ ।

dainasor1

Comments