मेलबर्न । न्यूजिल्याण्डले ९ जना भारतीय विद्यार्थीहरुको भिसा रद्द गरि भारत फिर्ता पठाउँने निर्णय गरेको छ ।

न्यूजिल्याण्ड सरकारले एक सूचना जारी गर्दै ९ जना भारतीय विद्यार्थीलाई देशनिकाला गर्न लागिएको जनाएको छ । ती विद्यार्थीहरुको भारतीय एजेण्डले गलत विवरण पेश गरेर भिसा निकालेको न्यूजिल्याण्ड सरकारको दाबी छ । भिसा रद्द हुने ९ विद्यार्थी मध्येका एक मनोज नर्राले आफूले न्यूजिल्यण्डमा विजनेश डिग्री अध्ययनका लागि एजेण्डलाई १५ हजार डलर बुझाएको बताए । तर उनले आफ्नो कागजपत्र भने नक्कली नभएको दाबी गरेका छन् ।

तर अद्यागमन अधिवक्ता अलस्टेयर म्याक्लिमोन्टले कारवाहीमा परेका विद्यार्थीहरुलाई उनीहरुका एजेण्डले नक्कली कागजपत्र प्रयोग गरेको थाहा नभएकोले उनीहरु निर्दोष रहेको जिकिर गरेका छन् । त्यसैले उनीहरुको भिसा रद्द गर्नु कानून विपरित हुने कानूनविदहरुको दाबी छ ।

न्यूजिल्याण्डमा अध्ययन गर्न उनीहरुले प्रतिव्यक्ति ३० हजार डलरसम्म खर्चिसकेको हुनले कारवाही गर्दा विद्यार्थीहरुमाथि अन्याय हुने भन्दै कानूनविदहरुले बचाउ गरेका छन् ।

Comments