मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा इलाभेन ए साइड फुटबल टुर्नामेन्ट हुने भएको छ ।

रोयल फुटबल क्लबको आयोजना तथा टीडब्लुजीजीको प्रायोजनमा आउँदो सेप्टेम्वरमा टुर्नामेन्ट हुने भएको हो । सेप्टेम्वर २५ मा हुने इलाभेन ए साइड फुटबल टुर्नामेन्ट विहान ८ः३० मा शुरु भएर बेलुकी ७ः३० सम्म जारी रहने बताइएको छ ।

चर्चहिल एभिन्यूमा अवस्थित स्किननर रिजर्भ ब्रेब्रुकमा हुने टुर्नामेन्टमा मेलबर्नका प्रतिष्ठित नेपाली क्लबहरुको सहभागीता रहने बताइएको छ ।

Comments