काठमाडौं । सोमबार काभ्रेमा भएको बस दुर्घटनामा परेर बाँचेका भाग्यमानी घाइतेहरुलाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल र ट्रमा सेन्टर ल्याइएको छ । जहाँ उनीहरुको अहिले उपचार भैरहेको छ ।

आखिर बस दुर्घट्ना कसरी भएको थियो त ? ट्रमा सेन्टरमा उपचार गरिरहेका एक घाइते यात्रुको अनुभूति यस्तो छ :

बस उकालोमा थियो तर उकालोमा हुँदा अचानक स्टार्ट बन्द भयो । चालकले बस अगाडि बढाउने प्रयास त गरे तर त्यो स्थिति काबु बाहिर पुगेको प्रष्ट देखियो । बस पछाडि सरेर अचानक भीरबाट खस्यो । त्यसपछि आफु होशमा आउँदा मात्र सबै घटना थाहा पाएँ । बसमा क्षमता भन्दा दोब्बर बढी यात्रु राखिएको थियो ।

Comments