काठमाडौं । प्ल टूको कक्षा पुरा नगर्दै आजभोलि नेपाली युवायुवती विदेश जाने सपना देख्छन् । ती देशमा गएपछि सबै कुरा विन्दास हुन्छ भन्न सोच युवामा छ । त्यसकारण विदेश जानका लागि उनीहरु जे गर्न पनि तयार हुन्छन् ।

नवलपरासीका युवराज अधिकारी र दाङकी विन्दु शर्मा पनि विदेशको सपना देख्ने जोडी थिए । युवराजको अष्ट्रेलिया भिसा लाग्यो । त्यसपछि उनीहरुले विहे गरेको नक्कली कागजपत्र बनाएर, सोही आधारमा दुवै जना अष्ट्रेलियनाा गए । अस्ट्रेलियामा कलेज भर्ना भएर पढ्न थाले ।

प्रेमिकालाई डिपेन्डेन्ट भिसामा लिएर युवराज अष्ट्रेलिया गएका थिए । तर अष्ट्रेलियाको गएको ३÷४ महिनादेखि नै दुवैको जीवनमा अध्यारा दिन सुरु भए । र, अहिले दुवै जना नेपालकै प्रहरी हिरासतमा छन् । अष्ट्रेलिया पुगेर उनीहरु श्रीमान श्रीमतीजस्तै बसे ।

तर, छोटो अवधिमै उनीहरुको प्रेम सम्बन्ध शत्रुतामा बदलियो । नियमित झगडा हुन थालेपछि विन्दु साथीसँग बस्न थालिन । युवराजले उनको समेत पासपोर्ट लिएर नेपाल आए ।

केही समयपछि युवराज फेरि अष्ट्रेलिया गए । आफूबाट गल्ती भएको भन्दैं विन्दुलाई फकाए । फेरि दुवै जना सँगै बस्न थाले । तर, फेरि केही समयमै उनीहरुबीच झगडा भयो । जुन झगडाले प्रहरी केस नै भयो । युवराजलाई अष्ट्रेलियन प्रहरीले नेपाल डिपोर्ट गरिदियो । विन्दुको कारण आफू अष्ट्रेलियाबाट फर्किनु परेको भन्दै उनी क्रुद्ध भए । विन्दुसँग खिचेका गोप्य भिडियो पोर्नसाइटमा हालिदिए ।

नक्कली फेसबुक आइडी बनाएर फेसबुकमा शेयर पनि गरे । सुरुमा विन्दुले धम्काएपछि उनले हटाएका थिए । तीन महिनाअघि फेरि उनले उक्त भिडियो इन्टरनेटमा राखे । विन्दुले थाहा पाएपछि नेपाल आएर महानगरीय प्रहरीमा उजुरी दिइन । महाशाखाले युवराजलाई गत जेठ २३ गते पक्राउ ग¥यो । विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलायो । अदालतले धरौटी माग्यो, धरौटी नतिरी उनी केन्द्रीय कारागार गए ।

बहुविवाह मुद्धा समेत दर्ता भएकलो उनी धरौटी नतिरी जेल गएका हुन् । आफू जेल जानुपरेपछि केटी विरुद्ध पनि उनले अर्को प्रतिशोध साध्ने बाटो समाए । बहुविवाह मुद्धा दर्ता भएपछि युवराजले केटीलाई पनि फसाउने योजना बनाए । उनले नेपालमा आएर अर्को विहे गरिसकेकाले उनी विरुद्ध बहुविवाह मुद्धा दर्ता गरिएको हो ।

२०६५सालमा उनीहरु अष्ट्रेलिया जाने बेला नवलपरासीको रामग्राम गाविसबाट विवाह दर्ता गरेको प्रमाणपत्र पेश गरेका थिए । तर, त्यो कीर्ते भएको बताएर युवतीलाई पनि थुनाएर प्रतिशोध लिने निर्णय गरे । दुई सातादेखि युवराज र विन्दु दुवै जना नवलपरासी प्रहरीको हिरासतमा छन् । दृष्टि साप्ताहिक ।

Comments