काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा तीज धमाका २०१६ शनिबार सम्पन्न भएको छ । कार्यक्रमका लागि नेपालबाट आएका कलाकारहरु पशुपति शर्मा,मञ्जु पौडेल र नरेश रेग्मीले सिड्नीबासी नेपालीहरूलाई भरपूर मनोरञ्जन दिलाएका थिए ।

हरितालिका तीजको अवसर पारेर स्थानीय युवा बिरेन्द्र मल्लको आयोजनामा तीज धमाका कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करिब सात सय दर्शकको उपस्थिती रहेको थियो । लोक दोहोरी मार्फत सामाजिक परिवेश र बिकृती बिसंगतीविरुद्ध सन्देश दिदै आएका गायक पशुपतिले मलाई अष्ट्रेलिया यही , अमेरिका यही भन्ने गीत गाएर थुप्रै प्रवासी नेपालीहरूलाई नेपाल सम्झाएका थिए ।

कार्यक्रमको अर्को आकर्षणको रुपमा रहेकी सुन्दर गायिका मञ्जु पौडेलले पनि खूबै स्टेज तताईन् । मन्जुले आफ्ना पुराना हिट देखि नयां तीजका गीतहरू गाएकी थिईन् ।

कार्यक्रममा हाल सिड्नीमै रहेका गायक एबं मोडल नरेश रेग्मीले पनि आफ्ना सांगीतिक प्रस्तुतिले दर्शकहरुलाई नचाएका थिए ।

Comments