काठमाडौं । काँग्रेससँग मिलेर गठबन्धन सरकार गठनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ज्यानमाथि खतरा रहेको एक नेताले दाबी गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले यस्तो दाबी गर्नुभएको हो । न्यूज २४ टेलिभिजनको एक कार्यक्रममा विहीवार बोल्दै अध्यक्ष विजुक्छेले अहिलेको सत्ता परिवर्तनको खेल पूरै भारतको डिजाइनमा भएको पनि बताउँनुभयो । भारतले आफ्नो स्वार्थ पूरा गर्न गोटीस्वरुप प्रचण्डलाई अगाडि सारेको उहाँको दाबी थियो । त्यसैले भारतको खिलाफमा गए प्रचण्डमाथि ज्यानकै खतरा हुनसक्ने उहाँको कथन थियो । द्धन्द्धकालमा भारतले नै शरण दिएकोले त्यसको ऋण असुल गर्न भारतले प्रचण्डलाई गोटी बनाएको विजुक्छेको दाबी छ ।

भारतलाई प्रचण्डका हरेक कमजोरी भारतलाई थाहा भएको दाबी गर्दै उहाँले त्यसैको आधारमा भारतले प्रचण्डसँग बार्गेनिङ गरेको जिकिर गर्नुभयो । भारतको इशारामा चले देशलाई खतरा हुने उहाँको तर्क थियो ।

Comments