काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाउन भइरहेको षडयन्त्र बिरुद्ध कसै सामु नझुक्ने प्रष्ट पार्नुभएको छ । उहाँले झुकेर राजीनामा नदिने पक्षमा आफू नभएको समेत प्रष्ट पार्नु भएको छ ।

सोमवार नेपाल इन्जिनियर्स एशोसिएशनको स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमको उद्धघाटन गदै प्रधानमन्त्री ओलीले अहिले अविश्वासको प्रस्ताव कसैको इशारा र षडयन्त्रबाट आएको हुदाँ कसैसँग पनि घुँडा नटेक्ने बताउनु भयो । उहाँले व्यवस्थापिका संसद विघटन गरेर राजनीतिको मैदान मास्ने आफनो कुनै दाउ नभएको बताउदै सँसद भित्रै आफुले सविधान अनसार देश र जनताको काम गर्ने पनि प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले षडयन्त्र र दाउँपेच रचेर आफुलाई ९ महिना पछि पुर्जी दिएको चर्चा गदै देश र जनता बिरुद्ध आएको पुर्जी बिरुद्ध आफुले सेल्युट गरेर प्रधानमन्त्री पद नछाड्ने चेतावनी दिनु भयो ।

देश विकास निर्माणमा इन्जिनियर समुदायलाई इमान्दार र जवाफदेही बन्न आग्रह गदै प्रधानमन्त्री ओलीले मैले नेपालमा रेल कुदाउने कुरा गर्दा उखान टुक्का बनाइएको चर्चा गदै जुन सुकै कुरालाई पनि उडाउने प्रबृत्ति रहेको गुनासो गर्नुभयो ।

नेपाल इन्जिनियर्स एशोसिएसनको अध्यक्ष धु्रवराज थापाले भूकम्प गएको एक बर्ष बितिसक्दा पनि जनताको आवास तथा भत्किएको सँरचनाको पुर्ननिर्माण हुन नसकेको बताउदै राज्यले ग्रामीण क्षेत्रमा पुर्नर्निाणको काम हुन नसकेको बताउनु भयो ।

Comments