सिड्नी । नेपाली दुतावास क्यानवेरा र न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूतको कार्यालयको आयोजनामा नेपाल प्रवद्र्धन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।

गएको बुधवार १३ जुलाईमा आयोजित उक्त कार्यक्रममा बोल्दै कार्यबहाक राजदुत राजेन्द्र पाण्डेले महाभूकम्पपछि पनि नेपालमा पर्यटकको संख्यामा कमी नआएको बताए ।

कार्यक्रममा पाण्डेले नेपालमा गर्न सकिने साहसिक पर्यटकीय आकर्षण र महत्वबारे सहभागिहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी अष्ट्रेलियन हिमालयन फाउण्डेसनका साइमन ब्लडेस्टोनले नेपालको उच्च हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जका लागि फाउण्डेसनले संचालन गरिरहेको कार्यक्रमबारे जानकारी गराएका थिए ।
कार्यक्रममा ५० पटकभन्दा बढी पटक नेपालको भ्रमण गरिसकेका क्रिस वाकरले त्यहाँको प्रकृतिक सुन्दरता, जनजीवन, संस्कृति र आध्यत्मबारे बोलेका थिए । नेपाललाई ‘प्रकृतिको चमत्कार’ भन्ने संख्या दिदै वाकरले जीवनमा एक पटक नेपालको भ्रमण गर्न सहभागीहरुलाई आग्रह गरेका थिए ।

रोटेरियन जेनिस रिडले आफूलाई नेपालको पर्यटकभन्दा पनि स्वयमसेवक भन्न रुचाउने बताइन । रोटरी क्लवले भूकम्पपछिको पुनर्निर्माणमा गरिरहेको सहयोग, स्वास्थ्य शिविर, विद्यालय निर्माण र माइक्रो क्रेडिट कार्यक्रमबारे रिडले बोलेकी थिइन ।

न्यु साउथ वेल्सका महावाणिज्यदुत दिपक खड्काले उपस्थित सवैलाई धन्यवाद दिदै अष्ट्रेलियामा रहेका हरेक नेपालीले एक जना पर्यटक नेपाल भित्र्याउन पहल गनुपर्ने विचार राखेका थिए । कार्यक्रममा सिड्नीमा रहेका नेपाली ट्राभल एजेन्टहरुका प्रतिनिधि र नेपाललाई माया गर्ने अष्ट्रेलियनहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अष्ट्रेलियामा जन्मे हुर्केका बालवालिकाहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।नेपालीपत्रले लेखेको छ ।

Comments