काठमाडौं । नेपाल प्रहरीकै वरिष्ठ डाक्टरको प्रमाणपत्र नक्कली भएको पाइएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर महेशमान प्रधानले किर्ते गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

श्रेष्ठले सेवा प्रवेशका लागि आइएस्सी र बिएस्सीको प्रमाणपत्रमा जन्म मिति सच्याएको भन्दै अख्तियारले विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो ।

यस्तै बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा नेपाल आयल निगम बबरमहल काठमाडौंका पूर्व सहायक प्रवन्धक कम्प्युटर छैटौ तहका जयराम गौतमविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

Comments