टोक्यो । जापानकी नेतृ युरी फुजीकावा संसारकै सबैभन्दा सुन्दरी नेतृ मानिन्छन् । कन्जरभेटिभ पार्टीकी सदस्य रहेकी फुजीकावा हाचिनोहे सिटीकी काउन्सिलर हुन् ।

उनलाई नेतृ बन्न नसुहाउँनेसम्मकी सुन्दर महिला समेत भन्ने गरिएको छ । स्पेनबाट प्रकाशित हुने एक पत्रिकालाई उनलाई संसारकै सबैभन्दा सुन्दर नेतृत्वको उपमा प्रदान गरेको हो । सन् २००७ मा निर्वाचित भए यतादेखि निकै चर्चामा रहँदै आएकी फुजीकावा सेक्स स्क्यान्डलमा समेत परेकी थिइन् । सन् २००९ मा अर्का एक राजनीतिज्ञसँग बिजनेश होटलमा आपत्तिजनक अवस्थामा भेटिएको खबरले त्यतिखेर निकै हङ्गामा मच्चाएको थियो ।

yuri-fuyikawa-japanउनी हाचिनोहे सिटीकी पूर्व उप काउन्सिलरकी छोरी हुन् । विश्वविद्यालयबाट उच्च शिक्षा लिएपछि उनले जेष्ठ नागरिकहरुका लागि सञ्चालित एक नर्सिङ होममा केही वर्ष केयर गिभरको रुपमा काम गरेकी थिइन् । सन् २००७ मा कान्सिलरको निर्वाचनमा उम्मेदवारी दिएका उनका पिता पराजित भएका थिए । त्यसपछि युरीले काउन्सिलरको पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी थिइन् । त्यसमा उनले आफ्नो बाबुको मात्र होइन अधिकांश जनताको समर्थन प्राप्त गरिन् ।

Yuri_Fujikawaउनलाई त्यसरी भोट दिनेहरुमा उनको सौन्दर्य र युवापनबाट आकर्षित भएकाहरुको संख्या पनि धेरै थिए ।

Comments