काठमाडौ । दक्षिण कोरिया बसेर फर्किएका नेपालीहरुले फेरि कोरिया जान पाउँने भएका छन् ।

फेरि कोरिया जान इच्छुकहरुले अब अनलाइनबाटै आवेदन फारम पाउने भएका छन् । अनलाइनमार्फत दरखास्त फारम भर्न सफ्टवेयर बनाउने काम अन्तिम चरणमा पुगेको रोजगार अनुमति प्रणाली ईपिएस शाखाले जनाएको छ । शाखाका अनुसार अबको एक महिनाभित्र अनलाइनमार्फत आवेदन फराम भर्न सूचना निकाल्ने तयारी भएको छ । कोरिया शाखाले पहिलो पटक अनलाइनबाट फारम लिन लागेको हो ।

कोरियामा तीन वर्षसम्म काम गरेका, फर्कंदा कानुनी प्रक्रिया पूरा गरेका र ४९ वर्ष ननाघेका व्यक्तिले फेरि कामका लागि कोरिया जान आवेदन दिन सक्नेछन् । कोरियाबाट फर्कने युवाको संख्या सात हजार भन्दा धेरै भएको र उनीहरुले तोकिएको नियम अनुसार आवेदन दिन सक्ने बाँस्तोलाले बताउनुभयो ।

राम्रो कमाई हुने भएकाले कोरियामा युवाको आकर्षण बढ्दो छ । कोरियामा नेपाली कामदारले न्युनतम डेढ लाख रुपैयाँ बचत गर्ने गरेका पाइएको छ ।

Comments