बाँके । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०७४ माघ ७ गते भित्र संविधान कार्यन्वयन गर्ने वातावरण नबने देशमा ठूलो राजनीतिक खतरा हुने धारणा राख्नुभएको छ ।

विहीवार नेपालगन्जमा आयोजित गत जेठ १२ गते नेपालमा गएको विनाशकारी भुकम्पमा परि मृत्यु भएका अच्युतराज सुवेदीको प्रथम बार्षिकी तथा स्मृति पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले देशमा अझै विभिन्न किसिमको राजनैतिक चलखेल भैरहेकोले जुनसुकैवेला देशमा ठुलो दुर्घटना हुनसक्ने चेतावनी दिनुभयो । उहाँले संविधानको कार्यन्वयनतिर राजनीतिक शक्ति एकजुट नभए २०७४ सालमा ठुलो राजनैतिक दुर्घटना हुनसक्ने खतरा रहेको दाबी गर्नुभयो ।

अहिले पनि देशमा ठूलो संकट विद्यमान रहेको बताउँदै उहाँले विभिन्न जातजातिको मागलाई सम्बोधन गर्न नसकिरहेको अवस्थामा जिम्मेवारी पाएका दलहरुले संविधान कार्यान्वयनको बाटो रोज्न जरुरी रहेको उल्लेख गर्नुभयो । मधेशी दलहरुको मागलाई कार्यन्वयन गर्न विभिन्न चरणको वार्ता बस्दा समेत कार्यन्वयन हुन नसक्दा राजनीतिक तहबाट कमजोरी देखिएको उहाँको भनाइ छ । गत वर्षको विनाशकारी भूकम्पपछि देशमा राजनीतिक एकताको खाँचो समेत महसूस भएको दाहालको कथन थियो ।

उहााले राष्ट्रिय एकताको अभावको कारण राजनीतिक दलहरुबीच समझदारी नहुँदा जनताको संकल्प पूरा गर्न राजनीतिक दल असफल भएको उल्लेख गर्नुभयो ।०००

Comments