काठमाडौ । सरकारले अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव आज नेपाल ल्याउने भएको छ ।

शव ल्याउन चार्टर विमानसहित आज बिहान साढे ३ बजे बिशेष टोली काबुल गएको छ । नेपाल वायु सेवा निगमको एयर बस चार्टर गरी परराष्ट्रको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीको बिशेष ब्युरोका अधिकारीसहितको टोली काबुल पठाएको हो । परराष्ट्र मन्त्रालयले विमानको क्षमताले भ्याएसम्म अफगानिस्तानमा रहेका स्वदेश आउन इच्छुक नेपालीलाई पनि ल्याउने जनाएको छ । मन्त्रालयका अनुसार निगमको ठूलो विमान चार्टर गरेकाले त्यसमा १२ शवसँगै घाइते र नेपाल आउन इच्छुक नेपाली कामदारलाई समेत ल्याउन सकिने छ ।

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती विस्फोटमा १२ जना नेपालीको मृत्यु भएको थियो । आज दिउँसो १ बजेभित्र शव नेपाल ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ । क्याप्टेन विजय लामा नेतृत्वमा काठमाडौँबाट उडेको विमान करिब चार घन्टाको उडानपछि काबुल पुगेको छ । गृह प्रवक्ता सहसचिव यादवप्रसाद कोइरालाले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश सुवेदी र गृहका महेश

दाहालसहित वैदेशिक रोजगार प्रर्वद्धन विभाग र पर्यटन मन्त्रालयका एकएकजना प्रतिनिधी टोलीमा रहेका छन् । नेपाली सेनाका दुईजना चिकित्सक, एकजना पारामेडिकल अफिसर र एकजना एयर लाईजन अफिसर टोलीमा गएका छन् ।

यस्तै बिशेष ब्युरोका एसपी सुदिप गिरीको नेतृत्वमा एकजना डिएसपी र एकजना नायव निरीक्षक पनि टोलीमा छन् ।

Comments