काठमाडौ । व्यवस्थापिका संसदमा विनियोजन विधेयकमाथिको छलफल सोमवारदेखि सुरु हुने भएको छ ।

विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमा यही सोमवादेखि २२ गतेसम्म छलफल हुने छ । व्यवस्थापिका–संसद्ले प्रकाशन गरेको बजेटसम्बन्धी छलफल कार्यक्रमअनुसार विभिन्न ११ वटा मन्त्रालयको बजेट शीर्षकमा छलफल हुनेछ ।

संसद बैठक बिहान ११ बजे बोलाइएको छ । सरकारी निकाय एवम् सचिवालयको विनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले असार १९ देखि २२ गतेसम्ममा दिनेछन् ।

संसद् सचिवालयका अनुसार शनिबारबाहेक हरेक दिन सदन बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म बसेर नियमित छलफल हुनेछ ।

Comments