काठमाडौं । क्लिन फिड, अर्थात कुनै पनि रुकावट विना टेलिभिजनमा चाहेको च्यानल र कार्यक्रम हेर्न पाउनुपर्ने भन्ने हो । तर, नेपाली आकाशमा निर्वाध रूपमा आएका कयौं विदेशी च्यानल छन् । र त्यहाँ प्रशारित विज्ञापन नेपाली जनमानस हेर्न बाध्य छन् । त्यसैले त्यस्ता विज्ञापन हटाएर विना रोकटोक कार्यक्रम हेर्न पाउनुलाई क्लिन फिड भनिन्छ जसलाई लागु गर्न सरकार लागि परेको छ ।

क्लिन फिड अर्थात कुनै कार्यक्रम विना रुकावट हेर्नपाउने भन्ने हो । वर्तमान अवस्थामा नेपालमा व्यवसाय गर्दै आएका बहुराष्ट्रिय कम्पनीलगायत अन्य व्यवसायिक संस्थाले विदेशमा विज्ञापन निर्माण गर्ने गरेको र त्यसमा कलाकार, भाषा, संस्कृति, भेषभूषा आदि पनि विदेशी हुने गरेको छ। स्वरांकनमात्र नेपालमा गरी नेपाली टेलिभिजन च्यानलमा प्रसारण हुँदै आएको छ। यस्ता विज्ञापनले हाम्रो देशको राष्ट्रियता, भाषा, संस्कृतिमाथि पार्ने दीर्घकालीन असरका साथै नेपाली कलाकारको पेशामा समेत प्रतिकूल प्रभाव पारिरहेकाले यसलाई प्रतिबन्ध वा निरुत्साहित गर्नु आवश्यक देखिन्छ। त्यसको लागि सरकार लागि परेको सुचना तथा सञ्चार मन्त्री शेर धन राईको भनाई छ ।

हाल विदेशी टेलिभिजन च्यानललाई शुल्क बुझाए पनि विज्ञापन हेर्नुपर्ने अवस्था छ । नेपाली दर्शकले विज्ञापनबिनाका विदेशी च्यानल हेर्न पाउनुपर्छ। एउटा नेपाली च्यानल दिल्लीमा प्रसारण गर्दा ५०औं लाख भारु शुल्क तिर्नुपर्छ । तर, केवल अपरेटर व्यवसायीहरु भने सरकारले एकमुष्ट रुपमा क्लियर फिड लागु गर्नु भन्दा पनि सुरुमा परियोजनाको हिसाबले ल्याउन जरुरी रहेको सुझाव दिन्छन ।

तर, सुचना तथा सञ्चार मन्त्री क्लिन फड लागु गर्न काम सुरु भइसकेको जनाउ दिदै क्लिन फिडका विषयका गुनासाहरु मिलाएर लैजाने तर क्लिन फिड लागु गरेरै छाड्ने पक्षमा रहनु भएको छ ।

Comments