सुनसरी । यौन सम्पर्क गर्दा गर्दै लिंग भाँचिएका चार पुरुषको नेपालमै सफल शल्यक्रिया गरिएको छ ।

यौन सम्पर्कका क्रममा लिंग भाँचिएका उनीहरुको सुनसरीको धरानस्थित विजयपुर अस्पतालमा सफल शल्यक्रिया गरिएको हो । यो संख्या पछिल्लो एक हप्ताको हो ।

लिङ्ग भाँच्चिएका चारैजना विरामी उपचारपछि घर फर्किएको अस्पताल प्रशासनले जनाएको छ । लिंग भाँचिनेमध्ये तीन जना विवाहित र एक अविवाहित रहेको अस्पतालले जनाएको छ ।

Comments