काठमाडौं । नेपालीहरुमा असीमित क्षमता र ज्ञान छ भन्नेमा दुई मत नहोला पनि । किनभने विश्वका हरेक कुनामा पुगेका नेपालीले सुरक्षाको विषयमा मात्र नभई ज्ञान विज्ञानको क्षेत्रमा पनि उल्लेख्य प्रगति गरेका छ ।

चाहे त्यो अमेरिकाको विश्व प्रसिद्ध वैज्ञानिकहरुको संस्था नासा होस या युरोपका प्रतिष्ठित विश्वविद्यालयहरु । विदेशमा बिभिन्न क्षेत्रमा सफलता पाइरहदा नेपाल भित्रै पनि नेपाली वैज्ञानिकहरुले प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरे नयाँ तहल्का मच्चाएका छन् । नेपाली बैज्ञानिकहरुले पछिल्लो समय विज्ञान र प्रविधिको विकासमा तीव्र गति लिएसँगै बैज्ञानिकको खोज अनुसन्धानले सफलता हासिल गर्न थालेको छ । पछिल्लो समयमा नेपाली बैज्ञानिकहरुले खेर गइरहेको प्लाष्टिकजन्य फोहोरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधिको आविष्कार गरेका छन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जैविक प्रविधिमा चमत्कारिक फड्को मादै यहि सफलता हासिल गरेसँगै नास्टले खेर गएका प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने लागेको हो । मूलुकको बढ्दो इन्धन अभाव कम गर्न र प्लास्टिकजन्य फोहर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रणमा यो प्रविधिले महत्वपूर्ण सहयोग हुने निश्चित देखिन्छ ।

प्लास्टिकबाट तेल निकाल्ने अभियानमा संलग्न नास्टका वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालले प्लास्टिकबाट पेट्रोल, डिजल र मट्टितेलमा परिणत गर्न सक्ने यन्त्र परीक्षणका लागि जापानबाट ल्याइएको जानकारी दिनुभयो ।

नास्टले भूकम्प प्रभावित जिल्लामा पाल लगायत सामग्रीमा बढी प्लाष्टिकजन्य पदार्थ हुने भएकाले ती क्षेत्रलाई प्राथमिकता दिएर तेल उत्पादन गरिने जनाएको छ । पुनःर्निर्माणका क्रममा प्लाष्टिक त्यत्तिकै खेर जाने र फोहर बढ्ने भएकाले त्यसको सदुपयोगसँगै तेल उत्पादन गर्नका लागि भूकम्प प्रभावित जिल्ला नै रोजाइमा परेको जनाएको छ ।

नास्टले लामो समयको वैज्ञानिक अनुसन्धान र परीक्षणबाट प्लाष्टिकबाट तेल उत्पादन गर्ने नयाँ प्रविधि सुरु गरेको हो । यो जितको अब सफल प्रयोग हुन आवश्यक छ । इन्धन अभावले पिरोलिने नेपाल जस्तको मुलुकका लागि नाष्टका वैज्ञानिकहरुले सञ्चारित गरेको यो खुसीको खबरको उपभोग आम नेपालीले गर्न पाउने वातावरण वन्नु पर्छ अब ।

Comments