काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार दुई महिनाअघि बढुवा भएका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कामविहीन भएका छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले पदस्थापन गर्न नसक्दा एआइजीहरू यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलबरसिंह थापा कामविहीन भएका हुन् ।

सरकारको निर्देशन गृहद्वारा बेवास्ता बढुवा भएकै दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाउँदै चार एआइजीलाई पदस्थापन गर्न निर्देशन दिएको थियो ।

मुख्यसचिव डा. सोमलाल सुवेदीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भन्दै गृहसचिवलाई गत २६ चैतमै पत्र पठाएका थिए । उनले गृह मन्त्रालयकै प्रस्तावममोजिम मन्त्रिपरिषद्ले निर्णय गरेकाले सोअनुसार गर्न गराउन पत्राचार गरेका थिए ।

Comments