मेलबर्न । अहिले युरोकप फुटबल २०१६ को ज्वरोले विश्वका सम्पूर्ण फुटबल प्रेमीहरुलाई गाँजेको छ । युरोपेली मुलुकहरुको मात्र खेल भए पनि विश्वका अधिकांश फुटबल स्टारहरु सहाभागी हुने भएकोले युरोकपलाई विश्वकपपछि सर्वाधिक लोकप्रिय मानिन्छ ।

यस्ता ठूला प्रतियोगीताहरुमा बाजी थाप्ने र पूर्वानुमान गर्ने कार्यले अझ रौनकता बढाउँनुका साथै खेलप्रति अझ अभिरुची बढाउँछ । यही कुरालाई मध्यजनजर गर्दै केक टु नेपालले पनि हरेक दिन युरोकप प्रेडिक्सन कन्टेष्टको आयोजना गरेको छ । यस लागि हरेक दिन केक टु नेपालको फेसबुक पेजमा एउटा प्रश्न सोधिनेछ । जसमा आजको म्याच यी दुई मध्ये कुन टिमले जित्नेछ ? भन्ने प्रश्न रहनेछ । त्यही प्रश्नको मूनि आ -आफ्नो अनुमान सहितको टिम उल्लेख गर्नुपर्नेछ । भाग्यशाली विजेताले आफूले मनपर्ने फ्लेवरको केक उपहार स्वरुप पाउँनेछन् । मनपर्ने टिमको गेमसँगै मीठो केकका साथ सेलेब्रेशनको मुड बनाउँन यो कन्टेष्ट शुरु गरिएको केक टु नेपालले जनाएको छ ।

केक टु नेपाल विशेष गरि आफ्ना आफन्तजन र साथीभाइको जन्मदिन वा कुनै विशेष अवसरमा सरप्राइज रुपमा केक उपहार पठाउँन मिल्ने सेवा हो । अष्ट्रेलियाको जुनसुकै शहरमा यो सेवा उपलब्ध छ भने नेपालको काठमाडौं र चितवनमा रहेका साथी वा आफन्तलाई तपाईले केक टु नेपाल मार्फत केक उपहार पठाउँन सक्नुहुनेछ ।

अहिले अष्ट्रेलियामा सरप्राइज केक प्याकेज मात्र २९ अष्ट्रेलियन डलरमा उपलब्ध छ । केक टु नेपालको यो नौलो सेवाका बारेमा र युरो कप प्रेडिक्सनका लागि www.caketonepal.com.au वा फेसबुक पेज https://www.facebook.com/caketonepal?fref=ts मा लगइन गर्न सक्नुहुनेछ ।

Comments