काठमाडौं । प्रहरीले उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी गढीमाई नगरपालिका बरियारपुर २ का नेपाल विधार्थी संघका केन्द्रीय सदस्य वीरेन्द्र यादवसमेत बरियारपुरकै पुष्कर कुमार चौधुर, कवहीका चन्चल पाण्डे, जियालाल यादव र इनर्वाका अर्का जियालाल यादवलाई सार्वजनिक गरिएको हो।

सर्वजनिक गरिएका अभियुक्तहरु केडियाको अपहरणमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको मध्य क्षेत्रीय प्रहरी प्रमुख डिआजी पशुपति उपाध्यायले बताए। सुरुमा चन्चल पाण्डेले भारत बिहारका मोतिहार जेलमा रहेका कुख्यात अपराधी बब्लु दु्बेसँग उद्योगी केडियालाई अपहरण गर्ने योजना बनाएको र अन्यसँग सहयोग लिएको अनु्सन्धानबाट खुलेको उपाध्याले बताए।

केडियालाई अपहरण गर्न पाण्डेले बनाएको योजनामा वीरेन्द्र यादव, पुष्कर चौधुरलगायतले साथ दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । चन्चल पाण्डे र बब्लु दबेले केडियालाई अपहरण गर्ने योजना बनाएपछि दुबेले अर्का भारतीय अपराधिक समुहलाई केडियाको अपहरणको जिम्मा दिएका थिए।

केडियाको अपहरण गर्न जिम्मा पाएका भारतीय अपराधिक समुह नियमित चन्चल पाण्डेको सम्पर्कमा रहँदै आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। उद्योगी केडिया व्यापारिक कामको लागि बरियापुरमा रहेको परमात्मा साहसँग भेटन हप्तामा दुई तीन पटक अवत जावत गर्ने गरेका चन्चल पाण्डेलाई पहिला देखि नै थाहा थियो ।

केडियासँग राम्रो सम्बन्ध भएका परमात्मा साहसँग पक्राउ परेका चन्चन पाण्डेको पनि राम्रो सम्बन्ध भएकोले केडिया बरियापुर आउने एक दिन पहिला नै चन्चल पाण्डेले थाहा पाएर अपहरण योजना बनाएको प्रहरीले जनाएको छ। केडियालाई अपहरण गर्नु भन्दा एक दिन पहिला जेठ १२ गते पक्राउ परेका पाण्डेलाई केडिया बरियारपुर आउने थाहा भएपछि पाण्डेले नेपाली र भारतीय अपधारीहरुसँग नेपाल भारतको सीमानामा पर्ने चनरम गाउँको आफ्नो मामाको घरमा भेला गराएकासमेत खुल्न आएको प्रहरलिे जनाएको छ।

चारमनमा भेला भएपछि पक्राउ परेकाले केडिया आउने बारेमा खबर गर्ने र भारतीय अपराधीले केडियालाई अपहरण गरी भारत लैजान योजना बनाएर स्कारपियो गाडीसहित बरियारपुरमा आएर भारतीय अपराधिक समुह बसेको पक्राउ परेकाबाट जानकारी भएको डिआजी उपाध्यायले बताए।

केडिया बरियापुर आएपछि त्यसलाई अपहरण गर्न आएका भारतीय अपराधीलाई पक्राउ परेका पाण्डे र उनका सहयोगीले चिनाएका थिए। भारतीय अपराधी केडियालाई चिनेपछि केडिया वीरगन्ज फर्कने बाटोमा पर्ने पसाह खोलाको पुल नजिक आएर बसेको र पछि केडिया आफ्नो गाडीमा आउँदा उनको गाडीलाई रोक्न लगाएर चालक माथि गोली प्रहार गरी केडियाको अपहरण गरिएको डिआजीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

जेठ १३ गते बिहीबार बेलुका महागढीमाई नगरपालिका १ पसाह खोलको पुलबाट अपहरणमा परेका वीरगन्ज खाद्य उधोगका संचालक सुरेश केडियालाई केही दिन पहिला भारतको मोतिहारीबाट अपहरणमुक्त गराइएको थियो।

पत्रकार सम्मेलनमा पक्राउ परेका नेपाली पक्षको बारेमा केही जानकरी गराइएपनि भारतीय अपराधीको बरेमा केही जानकारी गराइएनन्। पत्रकार सम्मेलनमा डिआजी उपाध्यायले केडियाको अपहरणमा संलगन रहेकाहरुलाई भारतबाट नेपालमा ल्याउनको लागि ईन्टरपोलको सहयोग लिने जानकारी समेत गराएका छन्।

Comments