काठमाडौं,१८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको अवसरमा दुई दिन सार्वजनिक विदा दिने भनेर चलाइएको हल्लामा कुनै सत्यता नरहेको सरकारले स्पष्ट पारेको छ ।

सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले भारतीय प्रधानमन्त्री आउने दिनमा आज आइतवार भोलि सोमवार सार्वजनिक बिदा दिने भन्ने हल्ला निराधार भएको बताउनुभएको छ । सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै दुई दिनउपत्यकामा सार्वजनिक विदा दिने सरकारको निर्णय भनी हिजो विभिन्न संचारमाध्यमले प्रचारप्रसार गरेका थिए । अहिले ती सञ्चार माध्यमहरुले समाचारको भूल सुधार गरेका छन् ।

तर, गलत समाचारका कारण सर्वसाधारण भने अन्यौलमा परेका छन् ।

Comments