मेलबर्न । भिडियोग्राफी र निर्देशनमा लामो समयदेखि कार्य गर्दै आएका जीवन रसाइली र रेडियो संचारकर्मी रहिसकेका बुद्धिमान गुरुङको संयुक्त प्रयासमा शुरु भएको हेल्लो अष्स्ट्रेलिया अनलाइन टेलिभिजन शुरु भएको छ ।

मेलबर्नबाट प्रसारण हुने हेल्लो अष्ट्रेलिया टिभीले आफ्नो पहिलो कार्यक्रमको रुपमा मेलबर्न एक्सप्रेस नामक कार्यक्रमको पहिलो भाग सार्वजनिक गरेको छ ।

भक्सपप र रोड शो थिममा आधारित मेलबर्न एक्सप्रेस कार्यक्रममा समसामयिक विषयवस्तुहरुमा पब्लिक माझ गएर उनीहरुको विचार र धारणा बुझ्ने प्रयास गरिएको छ । साथै मेलबर्नमा बसोबास गर्दै आएका नेपाली समुदायको कला, भाषा, खाना, संगीत, कार्यक्रम र जीवनशैलीलाई समेत समेट्दै लैजाने बताइएको छ ।

मेलबर्न एक्सप्रेसको प्रस्तोताका रुपमा बुद्धिमान गुरुङ आफैं देखिएका छन् । पहिलो भागमा हाम्रो इभेन्टसले आयोजना गरेको नाचौं गाऔं रमाइलो साँझ २०७३ मा सहभागी दर्शकहरुसँग रमाइलो कुराकानी गरिएको छ ।

Comments