पाकिस्तान । पाकिस्तानका परमाणु कार्यक्रमका जनक डाक्टर अब्दुर कादिर खानले पाकिस्तानसँग भारतको राजधानी नयाँ दिल्लीलाई पाँच मिनेटभित्र उडाई दिन सक्ने क्षमता रहेको बताएका छन् ।

खानले पाकिस्तान सन् १९८४ मै परमाणु शक्ति राष्ट्र बन्ने भए पनि तत्कालीन राष्ट्रपति जनरल जिया उल हकको विरोधका कारण सम्भव नभएको खुलासमसमेत गरेका छन् । उनले रावलपिंडी नजिक कहुटाबाट भारतको राजधानी नयाँ दिल्लीलाई पाँच मिनेटमा निशाना बनाउन सक्ने क्षमता पाकिस्तानसँग रहेको दावीसमेत गरे ।

कादिर खानले पहिलो परमाणु परीक्षणको वर्षगाँठका अवसरमा भएको एउटा सभामा बोल्दै यस्तो खुलासा गरेका हुन् । सन् १९९८ मा खानकै रेखदेखमा परमाणु परीक्षण गरिएको थियो ।

Comments