काठमाडौं । ड्रोन आक्रमणमा परी मुल्लाह मंसुर मारिएपछि अफगानी तालिवानले नयाँ नेता चयन चुनेको छ ।

अमेरिकी ड्रोन आक्रमणमा परी नेतृत्वविहीन बनेको अफगान तालिवानले मावलावी हैबतुल्लाह अन्खुदजादालाई नयाँ कमाण्डर बनाएको हो । तालिवानी शीर्ष नेताको बैठकले उनलाई चुनेको बिबिसीले जनाएको छ । उक्त बैठक मुल्लाह मन्सुर मारिएपछि बोलाइएको थियो । नयाँ नेतृत्व चयनका लागि बैठक बोलाइएपछि मुल्लाह मन्सुर मारिएको पुष्टी भएको हो । गत शनिबार पाकिस्तानको बलुचिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा परी मारिएका थिए ।

उक्त घटना आफ्नो सरकारलाई जानकारी नै नदिई गराएको भन्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले यसअघि अमेरिकाको विरोध गरेका थिए ।

Comments